प्रदेश सभा बैठक स्थगित



धनगढी । प्रदेश सातको प्रदेश सभाको सोमबार बस्ने भनिएको ३१ औं बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।
प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले जारी गरेको सूचना अनुसार सभामुख अर्जुनबहादर थापाको निर्देशनले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

बैठक स्थगित गर्नुको कारण उल्लेख भने गरिएको छैन । तर, नेपाली काँग्रेसले डाक्टर गोविन्द केसीको अनसनलाई लिएर संसद अवरोध गर्ने सम्भावना रहेकोले बैठक स्थगित गरिएको स्रोतको भनाई छ । गत शुक्रबार पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरूले डाक्टर केसीको विषयलाई लिएर संसदको ३० औं बैठक अवरुद्ध गरेका थिए ।
सोमबार बस्ने भनिएको बैठकको शुन्य समयमा समसामयिक विषयमा सांसदहरूले धारण राख्ने र गाउँ सभा र नगर सभाको कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफलको कार्य समाप्त भए पश्चात तयार पारिएको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्