२ जेष्ठ २०८१, बुधबार

३६ औं वीपी स्मृति दिवस : विविध कार्यक्रमसहित मनाइयो



लम्की । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ३६ औ स्मृति दिवसको अवसरमा देशभरी आइतबार विभिन्न कार्यक्रम भएका छन् ।
वीपी स्मृति दिवसका अवसरमा गोष्ठी, प्रवचन, वृक्षारोपण, रक्तदान लगायतका कार्यक्रम भएका छन् ।
वीपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस कैलाली, क्षेत्र नम्बर २ ले आइतबार लम्कीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
सो अवसरमा एक सय ३३ पिन्ट रगत संकलन भएको नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ का सभापति भक्तबहादुर थापाले बताए ।
वीपी स्मृति दिवसकै अवसरमा कैलालीको जानकी गाउँपालिकास्थित हिमालय राष्ट्रिय उच्च माध्यामिक विद्यालयमा वृहत वृक्षारोपण गरिएको छ ।
वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य धर्मराज न्यौपाने, विद्यालय व्यवस्थापन समितका अध्यक्ष हर्कबहादुर रावल, नेपाली काँग्रेस कैलाली निर्वाचान क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति थापा, निर्वतमान क्षेत्रीय सभापति देवानन्द जैसी, नेता सूर्यबहादुर बटाला, जनक थापा, काशीराम देवकोटा सहितका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
विद्यालय परिसरमा लिप्टीस, सगुन लगायतका एक सय ५० बोटविरुवा रोपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार