३ जेष्ठ २०८१, बिहीबार

नेकपाका पोलिट्ब्यूरो सदस्य पुन गिरफ्तार



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो नेता ओमप्रकाश पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । मंगलबार राति ९ बजेतिर काठमाडौंको लाजिम्पाटबाट अपहरण शैलीमा गिरफ्तार गरेको सो पार्टीले बताएको छ ।
पुनलाई गिरफ्तार गरेर कहाँ लगियो भन्नेबारेमा केहि पनि जानकारी नदिइएको नेकपाले जनाएको छ । नेता पुनलाई बेपत्ता पारेको परिवारले दावी गरेका छन् ।
यसअघि नेकपाका नेता असारे काका, भरत बम, पदम राई, मकर गुरुङ, धीरेन्द्रा उपाध्यायसहित ४० नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो । बाँकीलाई रिहा गरेपनि पोलिट्ब्यूरो सदस्य बम र राईसहित ७ जनालाई म्याद थपेर हिरासतै राखेको छ ।

अनलाइन डबली

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार