१२ श्रावण २०८१, शनिबार

स्वस्थ हुने हो भने यी कुरामा ध्यान दिनुहोस्



घोडा सबैभन्दा बलियो जनावर मानिन्छ । घोडा बलियो हुनका कारण निम्न अनुसार छ । घोडा मांशहारी हुनु, उठेरै सुत्ने हुनु र गुद्धवार चलाई राख्ने हुनाले उ बलियो भएको मानिन्छ ।
– त्यसैले मान्छे स्वास्थ हुन बसेको बेला होस् वा उठेको बेला गुद्धवारलाई भित्र लिने र छोड्ने गर्नुपर्छ । गुद्धवार चलाउदा अरूले देख्दैनन् त्यसैले मज्जाले आन्तरिकरूपमा गुद्धवार चलाउनुस् । त्यसलाई आश्विनी मुद्रा भनिन्छ ।
कुर्सीमा बस्ने काम गर्नु हुन्छ भने ध्यान दिनुस् । दिनभरी कुर्सीमा बस्नुहुन्छ भने घण्टामा २/३ पटक जुरुक्क उठ्नुस् र बस्नुस् । त्यसले तपाईलाई स्वस्थ बनाउन मद्दत गर्छ ।
खानपानका यसरी ध्यान दिनुस्
खाना खान अघि सधै हात खुट्टा र मुख चिसो पानीले धुने गर्नुपर्छ । खानापछि लामो सास फेर्ने । खाएपछि पाँच मिनेट ब्रजासन बस्ने । साँझ तीन घण्टा पहिले सादा र हल्का खाना खाने र १०० पाइला हिड्ने । खाने वित्तिकै सुत्नेलाई ४७ प्रकारका रोग लाग्छन् । शारीरिक श्रम गर्ने मान्छेले बिहानको खानापछि बाया कोल्टो परेर सुत्न मिल्छ । खानपिन गर्दा बिहान राजाको जस्तै खाने दिउँसो र साँझ मगन्तेको जस्तो थोरै खाने गर्दा फाइदा हुन्छ ।
राम्रो खाना खाए तुरुन्तै प्यास लाग्दैन नराम्रो खाए प्यास लाग्न सक्छ । खाना खाएपछि जवरजस्ती पिसाव गर्नुस् । पानी खाँदा जहिले पनि बसेर खानुस् । प्लाष्टिकको बोतल हटाएर तामाको भाडा प्रयोग गर्नुस् । थोरै खानुस् धेरै हिड्नुस् । दिनमा एक पटक काँचो घामले पकाएको कुरा खानुस् उदाहरणका लागि मटर, केराउ, उख्खु , फलफुल इत्यादि ।
खानपिन ठिक गरे निरोगी हुने पक्का छ । योगा अभ्यास गरेर आफूलाई फूर्तिलो राख्नुस् । श्वासप्रश्वास भनेको उर्जा हो त्यसमा ध्यान दिनुस् । हार्डवेयर भनेको शरीर हो । सप्टवेयर मस्तिक्स हो ।

चिया/कफी अनावश्यकरूपमा नखानु
स्वस्थ हुनु छ भने चिया/कफी खादै नखानु । निक्कै तलतल लाग्यो भने खानापछि मात्रै दिउँसोतिर खानु । चिया छोड्ने हो तलतल मेटाउन हो भने तुलसी र तातोपानी उमालेर खानुस् । तातो प्रकृतिको शरीर हुनेले चिया खाँदा प्रेसर र चिसो प्रकृतिको शरीर हुनेले चिया खादा अल्सर हुन सक्छ ।

आँखा तेजिलो बनाउन यस्तो गर्नुस्
जिब्रो बटारेर हावाभित्र लिने नाकबाट फाल्ने । आँखा तेज बनाउने हो भने दुई हात छातीको अगाडि सोझो बनाएर रोक्नुस् । आँखाले दुईवटा बुढी औला हेर्नुस् । आँखाबाट आँखी भौ हेर्ने प्रयास गर्नुस् । आँखा तरेर नाकको टुप्पो हेर्ने प्रयास गर्नुस् । यस्ता प्रयास दिनमा एक पटक भएपनि लामो समय गर्नुस् त्यसो गर्दा आँखा तेजिलो हुन्छ । साँझ त्रिफला भिजाउने एक गिलास खाने र आँखा पनि भिजाउने गर्नुस् । राति दाँत माझनुस् र बिहान उठने बित्तिकै गाँगल लगाए जस्तै गरेर ¥याल आँखामा लाउनुस् ।

जिब्रोलाई सक्रिय बनाउनु
वाणी बोल्ने, स्वाद लिने, कामवासना लिने र हाँस्ने हो । यही जिब्रोले जुनसुकै बेला पनि मुखभित्र माथितिर चाटिरहनुपर्छ र आउने रस निल्नुस् त्यसले पेटका विभिन्न रोग कम गर्न मद्दत गर्छ । यसलाई खेचरी मुद्रा भनिन्छ ।

हातलाई काम दिनुस्
टाउकोको कपाल काटी सकेपछि नाइले जस्तै गरेर कपाल चलाउनुस् । त्यसपछि तलको कान समात्नुस् अनिपछि गालाबाट कानलाई एक औलाले मालिस गर्नुस् । अन्तिममा बुढी औलाले तिलक लगाए जस्तो बारबार गर्नुस् । यसले कपाल दुख्न कम हुन्छ । यो सधै गरे हुन्छ । हरेक औलाको नङभन्दा तलको छालामा कलमले मल्ने गर्दा ढाँड दुख्ने कम हुनसक्छ ।

पेट सफा गर्न यस्तो गर्नुस्
बिहानै एक लिटर पानी खानुस् । अनि हात माथि लिएर टाउँकोलाई बाँया ढाल्नुस् फेरि बिचमा आउने अनि दायाँ ढाल्ने गर्नुस् यो प्रक्रिया सके जति बढी गर्नुस् । त्यसपछि दायाँ हात बाँयातिर बाँया हात दायातिर पटकपटक पटक लिनुस् । घुँडामा हात राखेर दुवैतिर पालैपालो घुम्नुस् । अनि चर्पी जाने मन लाग्छ ।
बिहान चर्पीबाट फर्केपछि लामो सास लिने विस्तारै फाल्ने । ३९ बाट उल्टो गनेर १ मा पुगाउने । आँखा चिम्म गर्ने । अनि नमस्कार गरेर हात मलेर आँखामा तातो गर्ने ।

सकरात्मक बन्नुस खुसी आउछ
कहिले कही बास बस्ने घर भन्दा २४ घण्टा बास बस्ने मन चम्काउनुस् । खुसी हुन सकरात्मक हुन जान्नुस् । त्यसले सफल बनाउछ । सत–चित्त–आनन्द भन्ने सिद्धान्त जीवनमा पालना गर्नुस् त्यसअनुसार बिहान उठेदेखि सुत्ने बेलासम्म सकरात्मक मात्रै सोच्नुस् । हरेक घटनालाई सकरात्मकरूपमा लिने प्रयास गर्नुस् । भ¥याङ कुनै एकतिरबाट उल्टो लाग्न सक्छ तर जताबाट गयो त्यही सुल्टोहो । कसैका कुरा र परिणाम पनि त्यसरी नै सुल्टोसँग बुझौ ।
राम र रावणको राशी एउटै थियो । सकरात्मक कामले राम पूज्य भए । बिरालोले बाटो काट्दा मुसा डराउनुपर्छ मान्छे किन डराउने । ग्रह नकरात्मक सोच्ने मान्छेको विग्रने हो ।
पहिले रेस्पोन्स गर्ने मान्छे सकरात्मक हो । पहिले रियाक्सन गर्ने मान्छे नकरात्मक हो । नकरात्मक मान्छेलाई सुगर, प्रेसर मुटुको समस्या हुन सक्छ । तठष्थ बन्नुस् स्वस्थ भएर बाँच्न सकिन्छ । तठष्थ नबने अनावश्यक पक्षधरतामा लागेर रोगी बन्नुपर्ने हुनसक्छ ।
प्रकृतिका नियमअनुसार चल्दा राम्रो हुन्छ जस्तो प्रकृतिले सबैलाई उत्पादन दिन्छ । सबैलाई घाम, पानी दिन्छ । कुनै विभेद गर्दैन मान्छे पनि त्यस्तै हुनुपर्छ । समाजसेवी बनेर अघि बढ्दा पनि अानन्द अाउन सक्छ । अानन्द र खुसीले मान्छे स्वस्थ हुन्छ ।

(प्रदेश सातको मुख्यमन्त्री कार्यालयले हालै धनगढीमा आयोजना गरेको एक कार्यक्रममा डा. राजु अधिकारीलाई व्यक्त गरेका भनाइमा आधारित ।)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार