प्रदेश सभा बैठक : सांसदहरूको गुनासो– मर्यादाक्रम मिलेन
धनगढी । सात नम्बर प्रदेश सभा सदस्य (सांसद) हरूले आफूहरूको मर्यादाक्रम उपयुक्त नभएको गुनासो गरेका छन् । सोमबारको संसद बैठकमा भाग लिएका अधिकांस प्रदेश सांसदले जननिर्वाचित जनप्रतिनिधिको उपयुक्त मर्यादाक्रम निर्धारण गर्न पनि माग गरेका छन् ।
प्रदेश सभाको सोमबारको बैठकमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथिको छलफलमा भाग लि“दै सत्तापक्षका सांसद अक्कलबहादुर रावलले प्रदेश सभा सदस्यको मर्यादा तथा गरिमाको ख्याल गर्दै मर्यादाक्रम मिलाउन माग गरे । उनले भने– “गाउ“पालिका अथवा नगरपालिकाका वडाध्यक्षहरू गाडी चढेर हिड्ने, तर कानुन बनाउने प्रदेश सांसदहरू पैदल हिड्नु परेको अवस्था छ ।”
सत्तापक्षकै सांसदहरू रतन थापा, दुर्गाकुमारी कामी, प्रेमप्रकाश भट्ट, वीरमान चौधरी लगायतले पनि प्रदेश सभा सदस्यको उपयुक्त मर्यादाक्रम मिलाउन माग गरे । सत्तापक्षीय सांसदहरूले विषयगत समितिमा लगेर विधेयकमाथि दफाबार छलफल गरिनुपर्ने बताए ।
छलफलमा भाग लि“दै प्रमुख प्रतिपक्षी दल नेपाली का“ग्रेसका सांसद गोविन्दबहादुर बोहराले प्रदेश सभा सदस्य (सांसद) लाई संघीय सरकारका सचिव भन्दा मर्यादाक्रममा तल राखिएकोमा आपत्ति जनाए । “प्रदेश सांसदहरूलाई मर्यादाक्रममा संघीय सरकारका सचिव भन्दा माथि तथा प्रतिनिधि सभा सदस्यभन्दा तल राख्नुपर्छ” उनले भने– “हामीले सुविधा होइन सम्मान र मर्यादा खोजेका हौं ।”
का“ग्रेसका अर्का सांसद नन्दाकुमारी बमले पनि राज्यका पदाधिकारीको हालको मर्यादाक्रम सच्याउन माग गरिन् ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका सांसद कृष्णबहादुर चौधरीले मर्यादाक्रममा प्रदेश सांसदको अपमान गरिएकोमा आपत्ति व्यक्त गरे ।
सरकारका तर्फबाट प्रदेश सभामा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रस्तुत गरेका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले छलफलमा उठेका प्रश्नको उत्तर दिएका थिए ।
प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सभामुख, विपक्षी दलको नेता, उपसभामुख, प्रमुख सचेतक, संसदीय समितिका सभापति र सचेतकको पारिश्रमिक, बैठक भत्ता, आवास सुविधा, फर्निचर खर्च, सवारी साधन, इन्धन, मोबिल, धारा विजुली, सञ्चार सुविधा, दैनिक भ्रमण भत्ता, विदेश भ्रमण भत्ता र निजी आवास मर्मत सम्भार सम्बन्धी व्यवस्था गरेको छ ।
त्यस्तै, विधेयकमा स्वकीय सचिव, कार्यालय सहयोगी, निजी सचिवालय र अथिति सत्कारसम्बन्धी व्यवस्था पनि गरिएको छ ।
सो विधेयक सम्बन्धित समितिमा पठाएर छलफल गरेपछि मात्रै अनुमोदनका लागि प्रदेश सभाको बैठकमा ल्याइने बताइएको छ ।
सोमबारको बैठकमा सांसद दुर्गाकुमारी कामीले कैलालीको गौरीगंगा नगरपालिकामा माया विकलाई अपहरणपछि सामुहिक बलात्कार गरिएको घटनाको घोर बिरोध गर्दै दोषीमाथि कडा कारवाहीको माग गरिन् ।
संसदको अर्को बैठक असार ३१ गते दिउसो ३ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
हेर्नुस् प्रदेश सभाका पदाधिकारी र सदस्यहरूको प्रस्तावित सेवासुविधा