१२ श्रावण २०८१, शनिबार

कैलाली बहुमुखी क्याम्पसलाई दोस्रो पटक क्यूएए



धनगढी । प्रदेश नम्बर सातको सबैभन्दा ठूलो सामुदायिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसले दोस्रो पटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर, सुनिश्चितता र प्रत्यायन (क्यूएए) को प्रमाणपत्र प्राप्त गरेको छ । कैलाली बहुमखी क्याम्पसले २०६९ सालमा पनि पहिलो क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो ।
आज काठमाडौंमा एक कार्यक्रममबीच क्याम्पस प्रमुख प्राध्यापक डाक्टर पदमराज जोशीलाई सो प्रमाणपत्र प्रदान गरियो । विभिन्न विज्ञ सम्मिलित टोलीको अनुसन्धानपछि विश्वविद्यालय अनुदान आयोगले कैलाली बहुमुखी क्याम्पसलाई क्यूएए प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।
बैशाख २३ देखि २७ गतेसम्म सो टोलीले कैलाली बहुमुखी क्याम्पसमा आएर विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाबारे शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चालक समिति, राजनीतिक दल, संघसंस्थालगायत सरोकारवालासँग छलफल गरेको थियो । टोलीले एक सय २० प्रश्न बनाएर सरोकारवालालाई सोधिएको थियो ।
प्रश्नको जवाफ सन्तोषजनक पाइएपछि विश्वविद्यालय अनुदान आयोगले कैलाली बहुमुखी क्याम्पसलाई प्रमाणपत्र प्रदान गरेको क्याम्पस प्रमुख जोशीले बताए ।
“यो क्याम्पसका लागि मात्रै हैन, समग्र प्रदेश नम्बर ७ का लागि समेत खुसीको कुरा हो,” जोशीले भने, “प्रदेश ७ मा विश्वसनीय उच्च शिक्षा विश्वसनीय भएको छ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार