११ श्रावण २०८१, शुक्रबार

दियाको सुन्दरता



हुनत, कलाकार दिया मास्के नेपाली चलचित्रमा खासै चम्किएको नाम होइन । दियाले मुलधारका भन्दा फरक चलचित्रमा काम गरेको पाइन्छ । उनले अभिनय गरेको चलचित्र ‘सुनगाभा’ले भने खुबै चर्चा पाएको थियो ।
कलाकार अनुप बरालसाग बिहे गरेपछि दियाको चलचित्र सक्रियता अझ पातलिएको छ । दिया हिमालय टेलिभिजनको ‘हिमालय रोडिज’ नामक कार्यक्रमको निर्णायक भएपछि चर्चामा रहिन् ।
उनै, दिया अब चलचित्र ‘कस्मिक लभ’मा काम गर्दैछिन् । थिएटरबाट चलचित्रको यात्रा तय गरेकी दियालाई यो चलचित्रमा भने मायालु भूमिकामा देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार