१० श्रावण २०८१, बिहीबार

भजनी स्वास्थ्य केन्द्रमा अन्तरंग सेवा आरम्भ



भजनी । कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रले अन्तरङ्ग (बेडमा बिरामी भर्ना) सेवाको आरम्भ गरेको छ ।
सो प्राथमिक सेवा केन्द्रमा यसअघि बिरामीको स्वास्थ्य चेकजा“च (बहिरंग सेवा) गर्ने सेवा मात्रै उपलब्ध रहेको थियो ।
शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ७ नम्बर प्रदेश प्रमुख मोहनराज मल्लले रिवन काटेर अन्तरंग सेवाको आरम्भ गरे ।
सो अवसरमा प्रदेश प्रमुख मल्लले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीका लागि स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय सबैले जिम्मेवारी बहन गर्न आग्रह गरे । उनले स्वास्थ्य संस्थाका साथै स्थानीय तहमा समेत कर्मचारीको कमीका कारण समस्या भइरहेको बताए । प्रदेश प्रमुख मल्लले भने– आगामी साउन महिना भित्रै कर्मचारीको पदपूर्तिका साथै आवश्यक ऐन कानून निर्माण गर्न प्रदेश सरकारसंग आग्रह गरेको छु ।
प्रदेश प्रमुख मल्लले स्थानीय तहमा जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेको एक वर्ष पुग्न लाग्दा पनि जनताको चाहना अनुसार काम हुननसकेको चर्चा गरे । ‘कर्मचारी अभाव, आवश्यक ऐन, कानुन निर्माणको कमी लगायतका कारणले जनप्रतिनिधिहरूले चाहेर पनि जनताको चाहनाअनुसार काम हुन सकिरहेको छैन’ उनले यी सबै समस्याको छिटो समाधान गरि अघि बढ्न आह्वान गरे ।
कार्यक्रममा भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीले भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यक भौतिक पुर्वाधार, भवन, उपकरण, जनशक्ति उपलब्ध गराएर अस्पतालका रुपमा विकास गरिने छ’ नगर प्रमुख चौधरीले भने– नगरपालिकाले २५ सैय्याको अस्पताल बनाउने योजना अगाडि बढाएको छ ।
कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १ का अध्यक्ष रविन थापाको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर शिशिर देवकोटाले हाल १० वेड राखेर विरामी भर्ना कक्ष सञ्चालन गरिएको जानकारी दिए ।
स्वास्थ्य केन्द्र प्रमुख डाक्टर देवकोटाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा आर्थिक वर्ष २०७३÷०७४ मा १० हजार चार सय २३ जनाले स्वास्थ्य सेवा (चेकजा“च) लिएकोमा एक हजार ४५ जनालाई अन्यत्र रेफर गरिएको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सैं घण्टा ईर्मेजेन्सी सेवा, आकस्मिक उपचार कक्ष, फार्मेसी, ल्याव, आमा सुरक्षा कार्यक्रम, माईनर ओटी, ईसिजी, भिडियो तथा सादा एक्सरे सेवा उपलब्ध रहेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति अभावका कारण स्वास्थ्य सेवा प्रदान गर्न समस्या भईरहेको डाक्टर देवकोटाले बताए ।
उनले प्राथमिक स्वास्थ्य केन्द्रमा आगामी साउन महिनादेखि पोष्टमार्टम सेवा सञ्चालन गर्ने योजना भए पनि भौतिक पुर्वाधार, जनशक्ति तथा उपकरण अभावले समस्या भईरहेको बताए ।
कार्यक्रमको सञ्चालन प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव विरेन्द्र सापकोटा र कमला विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार