१० श्रावण २०८१, बिहीबार

सिकलसेलसम्बन्धी अभिमुखीकरण



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको आयोजना तथा स्वास्थ्य शाखाको सहकार्यमा बिहीबार वडा नम्बर १ बौनियास्थित वसन्तमुरारी माध्यमिक विद्यालयमा सिकलसेल रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।
अभिमुखीकरण कार्यक्रममा सो विद्यालयका कक्षा १० मा अध्ययनरत दुई सय विद्यार्थीको सहभागिता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रमको गाउँपालिका अध्यक्ष बलिराम चौधरीले उद्घाटन गरे । अभिमुखीकरणमा सिकलसेल रोगका लक्षण, रोकथामका उपाय, उपचार बिधी लगायतका पक्षमा जानकारी दिइएको थियो ।
कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख कैलाश रावत र उपप्रमुख कृष्ण भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार