१२ श्रावण २०८१, शनिबार

बलिउडमा संघर्षरत नेपाली गायिका पुजाको “इस्क मेरा ” आउदै



धनगढी । धेरै नेपाली कलाकार ठूलो सपना बोकेर बलिउड जान्छ्न तर थोरैले मात्र अवसर पाउँछन् बलिउडमा त्यस्तै अवसर पाउने मध्यकी एक हुन दाङ घर भएकी पुजा बस्नेत ।

भारतको मुम्बई नगरिमा बसेर धेरै बर्ष संघर्ष गरेकी पुजाले यसअघि थुप्रै चर्चित हिन्दी गितका कभर गाएर युटुबमा चर्चा कमाएकी थिइन र केही हिन्दी गित पनि गाएकी छ्न । हो तिनै पुजा अब ” इस्क मेरा ” बोलको रोमान्टिक हिन्दी गित लिएर बजारमा आउदैछीन ।

यसअघि बलिउड चलचित्र मुबारका मा पार्श्व गायनमा आफ्नो बलिउड अनुभव सम्हाली सकेकी पुजाले यसका अलावा “हमे हक चाहिए हकसे “मा पनि आफ्नो आवाज दिएकी छिन । अहिले पनि उनका दर्जन बढी गित बजारमा आउने तयारिमा छ्न ।

आज गितको पोस्टर सार्बजनिक गरेपछी हामिसंग कुरा गर्दै पुजाले यो गितबाट निकै आस राखेको बताएकिछिन ।
यो गितमा पुजालाइ तर अब भने हिन्दी आयुस सोनिले साथ दिएका छ्न भने सिबम चौरासियाको संगित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार