११ श्रावण २०८१, शुक्रबार

हट भएर आउदैछिन शुशिला ” लब्ली तु मोर जानमा”



 

धनगढी । करिब ५० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी यस क्षेत्रकी चर्चित थारु मोडेल शुशिला कार्की भर्खरै छांयाकन सकिएको “लब्ली तु मोर जान ” मा हट मोडेलका रुपमा आउने भएकी छिन ।

भबिस्यमा एउटा सफल मोडेल तथा नायिका बन्ने लक्ष्य राखेकी धनगढिकी शुशिला संग यो म्युजिक भिडियोमा गायक तथा मोडेल के थारु र सुरज चौधरिले रोमान्स गरेको हेर्न पाइने भिडियोलाइ बजारमा ल्याउन गैरहेको कैलाली म्युजिकका जितु दहितले जानकारी दिए ।

के थारु ,सोनु कुश्मी र गणेश चौधरिको आवाज रहेको यो गितको म्युजिक भिडियोलाइ कैलालिका रमणिय ठाउँ टिकापुर , कोइलही ताल ,घोडाघोडी ताल लगायतका ठाउमा छांयाकन गरिएको छ ।यस भिडियोलाइ सुधराम दहितले निर्देशन गरेका छन भने जिस्माइल मोसन पिक्चर्सका घनश्याम चौधरिले खिचेका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार