१० श्रावण २०८१, बिहीबार

स्क्रवटाईफस देखा पर्‍यो



धनगढी । कञ्चनपुरमा एक जनामा स्क्रवटाईफस देखिएको छ । धनगढीमा रहेको धनगढी डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा कञ्चनपुरको पुनर्वासबाट स्वास्थ्य परीक्षण गर्न आएकी १९ वर्षीया सविरा तामाङमा स्क्रवटाइफसको लक्षण देखिएको जनाइएको छ ।
रिसर्च सेन्टरका निर्देशक महेन्द्रबहादुर साउँदले वर्षायाम देखिने रोग अहिले नै देखिएको बताए ।
स्क्रवटाइफस रोग प्राय: वर्षायाममा बढि देखिने गर्दछ । स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार मुसामा लाग्ने माइट नामको सुक्ष्म किर्नाले टोकेमा स्क्रव टाइफस सर्ने गर्छ ।
नेपालमा २०७२ सालमा पहिलो पटक यो रोग देखा परेको थियो । स्क्रवटाइफस लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर दुख्ने लक्षण देखिन्छन् ।
स्क्रबटाइफसको संक्रमण हरेक वर्ष देखा परिरहेकोले सबैलाई सचेत रहन चिकित्सकले सल्लाह दिएका छन् ।
यो रोगबाट जोगिन किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनुपर्ने हुन्छ । चिकित्सिकहरूका अनुसार यो रोगबाट जोगिन घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केहि ओछ्याएर बस्ने गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार