११ श्रावण २०८१, शुक्रबार

विप्लवलाई आतंककारी घोषणा गरिन्न : गृहमन्त्री थापा



धनगढी । गृहमन्त्री रामबहादुर थापाले सरकारको नीति तथा कार्यक्रममा आएको अनुगमनका लागि अनुगमन भन्ने कुरा शुसासन, विकास र समृद्धिका लागि आएको बताएका छन् ।
“सरकारको मुख्य लक्ष्य देशमा विकास तीब्रता दिने हो, त्यसका तगारा हटाउन विशेष पहल गछौं,” उनले भने– “त्यसका बाधाका रूपमा रहेका भ्रष्टाचार, अनियमितता, असुरक्षालाई चाँडै अन्त्य हुन्छन् ।”
उनले युवाहरूलाई देश विकासमा लगाउन सरकार लागि परेको बताउँदै उनीहरूलाई कुलतबाट बचाउन विशेष पहल गर्ने पनि बताए । विकास र समृद्धिमा जोड दिँदै आएका गृहमन्त्री थापाले विकासकै लागि सिण्डीकेटको अन्त्य गर्न खोजेको बताए ।
नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूह पनि सुरक्षा चुनौतिका रूपमा आएको छ । अब उनीहरूलाई आतंककारी घोषणा गर्नुहुन्छ, भन्ने प्रश्नको जवाफमा उनले हामी सबै खालका सुरक्षा चुनौतिलाई राजनीतिक र प्रशासनिकरूपमा समाधान गर्न खोजिरहेका छौं भने ।
हालै कैलालीको लम्कीमा रहेको रेडियो पश्चिम आवाजमा अन्तर्वार्ताका क्रममा विप्लवका कार्यकर्ता पक्राउ गरिएको सन्दर्भमा उनले सरकार जहाँसुकै गएर भ्रष्टाचार, तस्करी र जघन्य अपराधीलाई पक्राउ गर्न सक्छ भने । उनले अब अपराधीको अन्तिम छटपटि भइरहेको औंल्याउँदै प्रतिगामी तत्त्वहरू अपराध बढाउन अन्तिम प्रयासमा जुटेका छन्, यसलाई सरकारले निस्तेज गरेर लगिरहेको समेत बताए ।
उनले दुईवटा ठूला शक्तिशाली कम्यूनिस्ट पार्टीको एकीकरण पनि देशको समृद्धिका लागि भएकोले अब विकास र समृद्धि कसैले रोक्न नसक्ने ठोकुवा गरे ।पत्रकार सम्मेलनपछि नेपाल सरकार गृह मन्त्रालयको आयोजनामा सात नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरु भएको छ । गोष्ठीमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, शसस्त्र प्रहरीका शसस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी लगायतका उच्च सुरक्षा अधिकारीका उपस्थिति रहेको छ ।
सो कार्यक्रममा सात नम्बर प्रदेशका प्रदेश स्तरका सुरक्षा अधिकारीहरु, नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकृतहरुको पनि उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार