चक्र बम र अनुको छाता ओढेरमा रोमान्स (भिडियोसहित)



कैलाली । नेपाली लोकगीत संगीतमा दिनप्रतिदिन फरक खालका गीत सार्वजनिक भैरहेका छन् । जेपी रेग्मीको प्रस्तुतिमा “छाता ओडेर…” सार्वजनिक भएको छ । उक्त गीतमा जेपी रेग्मी र अमृता अधिकारीको सुमधुर आवाज रहेको छ । गायक जेपी रेग्मीको उत्कृष्ट लय तथा शब्द रहेको यस गीतको म्युजिक भिडियो निर्देशन भने बिक्रम चौहानले गरेका छन् ।

जसमा हेमन्त शिसिरको संगीत सयोजन रहेको छ भने प्रकाश खडकाको छायाँकन रहेको यस गीतको सम्पादन भने मिलन बिकले गरेका हुँन । यस गीतको म्युजिक भिडियोमा पछिल्लो युवा पुस्ताका चर्चित गायक, सर्जक तथा जल्दाबल्दा मोडल चक्र बमले अभिनय गरेका छन् ।

गायकका रुपमा चिनिएका बम भने यतिबेला मोडलिंङ क्षेत्रमा भने निकै नै व्यस्त कलाकारको रुपमा लिन सकिन्छ । दर्जनौ भन्दा बढी गीतमा मोडलिंङ गरिसकेका गायक यतिबेला बजार तताउने तरखर गरिरहेका छन् । आजभोलि गायक संगसंगै मोडलिङमा निकै नै व्यस्त रहेका बमलाई यस गीतको म्युजिक भिडियोमा अनु शाहाले साथ दिएकी छन् । यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने वि-स्टार फिल्मस प्रालि गरेको छ ।
भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्