काँग्रेस संसदीय दलमा रावल



धनगढी । ७ नम्बर प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको नेता डाक्टर रणबहादुर रावल चयन भएका छन् । काँग्रेसका प्रदेश सभा सदस्यहरुको आइतबार बसेको बैठकले रावललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।
डा. रावल कैलाली क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । संसदीय दलको नेता चयनका लागि काँग्रेस केन्द्रीय कार्यालयले सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको थियो । ७ नम्बर प्रदेशका लागि खटिएका केन्द्रीय सदस्य एनपी सावदको उपस्थितिमा बैठक भएको थियो ।
डाक्टर रावलले दलको नेता चयन पछि अनुमोदनसँग संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेसले संसदमा सशक्त रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन हुन सकेकोमा सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पार्टीलाई एकजुट बनाउन आफ्नो तर्फबाट हरसम्भव प्रयास हुने बताए ।

प्रतिक्रिया दिनुहोस्