२३ बैशाख २०८१, आईतवार

ब्रेनस्टोर्म एब्रोडको शाखा विस्तार



धनगढी । कैलालीको धनगढीमा ब्रेनस्टोर्म एब्रोड एजुकेशन एण्ड ईमिग्रेसन कन्सलट्यान्टसको शाखा विस्तार भएको छ । काठमाडौं र अस्ट्रेलियाको सिडनी पनि शाखा रहेको सो कन्सल्ट्यान्टस्को बिहीबार एक समारोहबीच धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
सो अवसरमा उपमहानगरपालिका प्रमुख वडले ईमान्दार, जवाफदेही भएर काम गर्न सो कम्पनीलाई आग्रह गरे ।
कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले दुर्गम जिल्लाबाट विदेशमा अध्ययनमा जान चाहने विद्यार्थीहरूको सपना पुरा हुने विश्वास व्यक्त गरिन् ।
प्राध्यापक डाक्टर हेमराज पन्तले अहिले विश्वभरी नै एक देशबाट अर्को देशमा शिक्षा आर्जनका लागि जाने क्रम तिव्र भएको बताए । ‘कोही शिक्षा आर्जन गर्न जान्छन्, कोही भ्रमण त कोही अवलोकन गर्न एक देशबाट अर्को देश गईरहेका छन्’ प्राध्यापक डाक्टर पन्तले भने– अझै पनि दुर्गममा रहेका विद्यार्थीहरू अध्ययनका लागि विदेश जान सकिरहेका छैनन् ।
प्राध्यापक सुरेन्द्र चन्दले अहिले शिक्षामा ठूलो सुधार आएको चर्चा गरे । उनले भने– विगतमा हामीले कुन विषय पढ्नुपर्छ भनेर कसैबाट परामर्श लिने अवस्था थिएन, अहिले ठाउा–ठाउामा यस्ता परामर्श कम्पनीहरू खुलेका छन् ।
कन्सल्ट्यान्टसका धनगढी प्रमुख दीपेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट, सुदूरपश्चिमाञ्चल क्याम्पसका प्रमुख पुष्पराज जोशी, कैलाली मोडल क्याम्पसका मोहनराज भट्ट, पत्रकार टिएन जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कम्पनीका म्यानेजिङ डाईरेक्टर कमल खातीले कम्पनीले अस्ट्ेरलिया, युके, युएसए, युरोप, साउथ कोरिया र जापान जान चाहने विद्यार्थीहरूलाई अध्ययन, परामर्श लगायतका सेवा प्रदान गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार