१२ माघ २०८१, शनिबार

१३ नम्बर वडा कार्यालयको शिलान्यास



धनगढी । धनगढी उपमहानगरपालिका–१३ को वडा कार्यालयको भवनको शिलन्यास गरिएको छ । वडा कार्यालयको मंगलबार धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले शिलान्यास गरे ।
तीन कठ्ठा जमिनमा निर्माण हुन लागेको सो भवन ८९ लाख रुपैयाँमा निर्माण सम्झौता भएको छ । वडा कार्यालय भवन निर्माणका लागि स्थानीयको पहलमा हिन्दू सनातन धर्म शिक्षा समितिले जग्गा दान गरेको वडाध्यक्ष विजय जोशीले जानकारी दिए ।
पाँच तल्लाका लागि सम्झौता गरिएको भवनको पहिलो चरणमा एक तला निर्माण गरिने र १० वटा कोठा रहने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार