दीपिका र अनुष्काबीच सुलह
बलिउड अभिनेत्रीहरु बीच एक–अर्काको व्वाईफ्रेन्ड खोसाखोस खुब चलिरहन्छ । एक समय अभिनेत्री अनुष्का शर्मा अभिनेता रणवीर सिंहसँग प्रेममा थिइन् । तर, अर्की अभिनेत्री दीपिका पादुकोणले रणवीरलाई अनुष्काबाट खोसिन् ।
त्यसयता यी दुई अभिनेत्रीहरुबीच पानी बाराबारकै जस्तो अवस्था थियो । केही समयअघि करण जौहरको शो कफि विथ करणमा अन्तरवार्ता दिने क्रममा अनुष्काले दीपिकासँग आफ्नो सम्बन्ध बिग्रिएको स्वीकारेकी थिइन् । तर अहिले उनीहरुबीच सम्बन्ध सुधारको संकेत देखिएको छ ।
हालै दिपिकाले फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिबलमा भाग लिइन् । उक्त फेस्टिबलको रेड कार्पेटमा उनी गुलाबी रंगको आकर्षक पहिरनमा प्रस्तुत भएकी थिइन् । त्यसको फोटो उनले इन्टाग्राममा राखेकी थिइन् । उक्त फोटोमा अनुष्काले कमेन्ट गरेकी छिन् । उनले दिपिकाको लुक्सको प्रशंसा गरेकी छिन् ।
‘कार्पेटमा तिमी एकदम स्टनिङ देखिएकी थियौ,’ अनुष्काले दिपिकालाई सम्बाेधन गर्दै लेखेकी छन् । तत्कालै जवाफ दिँदै दीपिकाले उनलाई धन्यवाद फर्काएकी छन् । दुई नायिकाबीचको यो संवादले उनीहरुका फ्यान अचम्भित भइरहेका छन् । सम्भवतः अनुष्काले विराट कोहलीसँग बिहे गरेपछि पुरानो रिसराग बिर्सिएको हुनुपर्छ ।