बल्छीकाे विहे करूणासँग



‘बल्छी ध्रुवे’को नामले चर्चित हाँस्यकलाकार मरिचमान श्रेष्ठ शुक्रबार विवाह वन्धनमा बाँधिएका छन् । गोर्खा घर भएका श्रेष्ठले लमजुङकी करुणा खड्कालाई दुलही बनाएका हुन् ।
पेशाले शिक्षिका करुणासित मरिचमानको केही समयदेखि प्रेम थियो । मरिचमान हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट चिनिएका हुन् । उनी स्टेज कार्यक्रमहरुमा पनि सक्रिय छन् ।
उनीहरुविच काठमाडाैंकाे एउटा मन्दिरमा विहे भएको हो । काठमाडाैंमा विहे गरेर गोरखा लगेर उनले दुलही भित्राएका छन् ।

प्रतिक्रिया दिनुहोस्