गुपचुप विहेबारे प्रियंकाको जवाफ यस्ताे



बलिउड अभिनेत्री प्रियंका चोपडाले गोप्य रुपमा विहे गरेको भनेर केही दिनयता तीव्र चर्चा चलिरहेको थियो । उक्त चर्चाको आधार थियो प्रियंकाको एउटा फोटो हाे ।
उक्त फोटोमा प्रियंकाले हातमा ब्रेसलेट लगाएकी थिइन्, जसलाई मानिसहरुले मंगलसूत्र भनेर चर्चा गरे । त्यसैलाई लिएर उनले गुपचुप विहे गरेको हल्ला पिटाइयो । यस विषयमा अभिनेत्रीले मुख खोलेकी छिन् ।
प्रियंकाले मंगलसूत्र भनिएको ब्रेसलेटको क्लोज सटको फोटो टि्वटरमा सेयर गरेकी छिन् । विहेको चर्चाप्रति उनी मज्जाले हाँसेकी छन् ।
‘हाहाहाहा… यो त नयाँ स्तरको अफवाह हो । यो एउटा दुष्ट आँखाको हेराई हो । शान्त हुनुस । जब मेरो बिहे हुन्छ, म सबैलाई बताउने छु । यो गुपचुप हुनेछैन ।’
केही दिन अगाडि प्रियंकाले एक अन्तर्वार्तामा चाँडै आफूले विहे गर्ने र बच्चाहरुको क्रिकेट टिम बनाउने बताएकी थिइन् । यसका लागि सही व्यक्ति खोजिरहेको उनको भनाई थियो ।
प्रियंका यतिबेला आसाममा छिन् । उनी आसाम टुरिज्मकी ब्रान्ड एम्बेसडर हुन् । फिल्मको कुरा गर्दा उनी दुई वर्षपछि सलमान खान स्टारर फिल्म ‘भारत’ बाट हिन्दी फिल्ममा कमब्याक गर्न आँटेकी छन् । यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्