६ माघ २०८१, आईतवार

कैलाली भ्रमण वर्ष २०७५ शुरु



धनगढी । कैलाली भ्रमण वर्ष २०७५ शुरु भएको छ । लम्की चुहा नगरपालिका वडा नंं ३ को चिसापानीमा कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन गर्दै रक्षा मन्त्री ईश्वर पोखरेलले पर्यटन विकासको लागि स्थानीय जनताको जीवनपद्धति, आर्थिक गतिविधि र स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।
मन्त्री पोखरेलले जबसम्म यहाँको जनाताको जिन्दगीसँग गाँसेर अगाडि बढ्न सकिदैन तबसम्म यस क्षेत्रको पर्यटन प्रवद्धन हुन नसक्ने बताए ।
उनले अगाडि सेती लोकमार्ग प्रदेश ७ को मात्र मुद्दा नभई सरकारको मुद्दा भएकोले यसको निर्माणका लागि केन्द्रीय सरकारले जिम्मा लिने बताए ।
देश अहिले संघीयतामा गइसकेकोले स्थानीय तहको योजना केन्द्र सरकारबाट अपेक्षा गरे सफल नहुने बताए । केन्द्र र स्थानीय तहको योजनामा फरक रहने भएकाले योजना आफ्नो लागि नभई जनता हितको लागि हुनुपर्ने र केन्द्रको वजेट प्रदेश सरकारले फैसला गरेर स्थानीय तहमा लागू गरेर अगाडि बढनुपर्ने बताए । ‘विकासको लागि अब प्रदेश सरकारले योजनाको प्राथमिकीकरण गर्नु आवश्यक छ’ उनले ‘प्रदेश ७ का ठूला आयोजना प्रदेश तथा स्थानीय तहभन्दा केन्द्र तहबाट हुने भएकाले ठूला योजना केन्द्रबाट सञ्चालन हुने बताए ।
नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रदेश ७ का इन्चार्ज भीम रावलले देशलाई राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, सामाजिक सद्भाव र शान्तिलाई दिगो रूपमा कायम गर्दै देशलाई समृद्ध बनाउने बताए । उनले धनगढीको विमानको स्तरोन्नती र टीकापुरको विमानस्थल संचालन, सिंचाई आयोजनाको पानी किसानको खेतमा पुगेर उत्पादन वृद्धि हुनुपर्ने आवश्यक रहेको बताए ।
रावलले प्रदेश ७ का मन्त्रीले जनताको साथ लिएर नेपालको गरिमा, स्वाभिमान बढाई जनताको जीवनलाई समृद्ध बनाउनु कैलाली भ्रमण वर्षले सहयोग गर्ने बताए । उनले गरिबीबाट माथि उठन, कर्णाली हाइड्रोपावर, पश्चिम सेती बन्नुपर्ने बताउँदै माथिल्लो कर्णाली हाइड्रोपावरको काम भारतीय कम्पनीले ६ महिना भित्रमा काम शुरु नगरे जनताले नै सम्झौता रद्ध गर्नुपर्ने बताए ।
पर्यटन मन्त्री रवीन्द्र अधिकारीले पर्यटनलाई जनताको समृद्धिसाग जोडेर जानुपर्ने बताए । अधिकारीले जनताको जीवनसाग नजोडिए पर्यटन सफल नहुने बताए । योजना बनाउदा तीन तहका सरकारले आफ्नो परिवेश अनुसार योजना बनाउनु आवश्यक रहेको बताए ।
जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ७ का मन्त्रीहरू, संघीय तथा प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता थियो । क्षेत्र नं. २ का संघीय सांसद झपट रावलले स्वागत गरेको कार्यक्रम सञ्चालन लम्की चुहा नगरपालिकाका प्रमुख महादेव बजगाईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार