१० श्रावण २०८१, बिहीबार

सौर्यको जहाज चरासँग ठोक्कियो



धनगढी । काठमाडौंबाट धनगढी आइरहेको सौर्य एयरलाईन्सको जाहज धनगढी विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोकिएपछि पाँच घण्टा उडान प्रभावित भएको छ ।
शुक्रबार दिउँसो १२ः२३ बजेतिर सो एयरलाईन्सको नाईनएन एएमइ कल साइनको जहाज पाँच जना बालबालिकासहित ५४ जना यात्रु लिएर धनगढी आएको थियो ।
अवतरणका चरा ठोक्किएपनि जहाज तथा यात्रुहरूमा कुनै चोट पटक नलागेको धनगढी विमानस्थल प्रमुख छविलाल ठकुल्लाले बताए ।
चरा ठोक्किएपछि सो जहाज पा“च घण्टा धनगढी विमानस्थलमै रोकिएको थियो । साँझ पाँच बजे काठमाडौंबाट श्री एयरलाईन्सबाट सौर्य एयरलाईन्सको प्राविधिक टोली धनगढी विमानस्थल आएर चेकजाँच गरी कुनै प्राविधिक त्रुटि नदेखिएपछि ५ः४० बजेतिर जहाजले काठमाडौंतर्फ उडान भरेको प्रमुख ठकुल्लाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार