१ फाल्गुन २०८१, बिहीबार

वन डढेलोमा बृद्धि



धनगढी । बढ्दै गएको गर्मीसँगै डडेल्धुराका जंगलमा डढेलोका घटनामा बृद्धि आएको छ । गर्मीयामसँगै डडेल्धुराका केही सामुदायिक तथा राष्ट्रिय वनमा केही दिनयता डढेलो लाग्न शुरु भएको छ ।
जिल्ला वन कार्यालय डडेल्धुराले डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम जारी राखे पनि सामुदायिक वनका उपभोक्ताको लापरवाहीका कारण नियन्त्रण हुन नसकेको बताएको छ ।
सल्लाको पिरोलका कारण वनमा घाँस नपलाउने र गाईगोरु चिप्लिएर लड्छन् भन्ने सोचका कारण स्थानीय उपभोक्ताले नै वनमा आगो लगाउने गरेको बताइन्छ । डढेलोको कारण बर्सेनि ठूलो परिमाणमा काठ जलेर नष्ट हुने गरेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । खोटो संकलन गर्ने कम्पनीहरूले पनि आगलागीलाई नियन्त्रणमा चासो नदेखाउने स्थानीयको गुनासो छ ।
जिल्लाका कालापत्थर सामुदायिक वन, त्रिशूल सामुदायिक वनका साथै रुवाखोला र अन्य क्षेत्रमा समेत आगलागीका कारण वन सखाप भएको उपभोक्ताले जनाएका छन् । जिल्ला वन कार्यालय डडेल्धुराले जनचेतना जगाउने काम गरिरहेको भए पनि सामुदायिक वन र खोटो संकलन गर्ने कम्पनीले भने वन विकासका लागि कुनै रकम खर्च नगर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार