बालविकास शिक्षकहरूको अधिवेशन शुरु
धनगढी । सात नम्बर प्रदेशस्तरीय नेपाल बालविकास शिक्षक समितिको पहिलो अधिवेशन बिहीबार धनगढीमा शुरु भएको छ ।
प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले अधिवेशनको उद्घाटन गरे । अधिवेशनमा नौ वटै जिल्लाका बालविकास शिक्षकको उपस्थिति रहेको छ ।
नेपाल बालविकास शिक्षक समिति कैलाली–कञ्चनपुरले संयुक्तरूपमा आयोजना गरेको अधिवेशनले बिहीबार नै नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । सात नम्बर प्रदेशमा तीन हजार सात सय ६७ बालविकास शिक्षक रहेका छन् ।