६ माघ २०८१, आईतवार

महासंघको प्रदेश निर्वाचन : उम्मेदवारी दर्ता



धनगढी । नेपाल पत्रकार महासंघको प्रादेशिक समितिको आसन्न निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता कार्य भएको छ ।
प्रदेश नम्बर ७ को कार्यसमिति निर्वाचनका लागि धनगढीमा उम्मेदवारी दर्ता भएको थियो । महासंघको निर्वाचनका लागि धनगढीमा स्थापना गरिएको निर्वाचन समितिका अनुसार अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ ।
खुला उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, खुला सचिव र समावेशी सचिवमा एक/एक जनाको मात्र उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, कोषाध्यक्षमा दुई जना र खुला सदस्य पाँच सिटमा छ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, तीन जना महिला सदस्यको सिटमा दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ भने दलित सदस्यमा एक जना, दुई आदिवासी जनजाति सदस्यमा दुई जना, दुई सिट रहेको मधेसी सदस्यमा एक जना तथा अल्पसंख्यक अपाङ्गता सदस्यमा एक जनाको उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षमा अर्जुन शाह, भरतबहादुर शाह र हरिप्रसाद जोशीको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, उपाध्यक्ष (खुला) मा दूर्गाप्रसाद भण्डारी र महिला उपाध्यक्षमा चाँदनी आचार्यको उम्मेदवारी दर्ता भएको छ ।
महासचिवमा योगेश रावलको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, खुला सचिवमा करन ताम्राकार र समावेशी सचिवमा प्रेम चुनाराको उम्मेदवारी दर्ता भएको छ ।
कोषाध्यक्षमा वीरेन्द्रबहादुर रावल र नरेन्द्रप्रसाद भट्टको उम्मेदवारी दर्ता भएको छ । खुला सदस्यमा अरुणप्रसाद भट्ट, गगनबहादुर ऐडी, पुष्पराज भट्ट, नरेन्द्रबहादुर रावल, बरुण पनेरू र शिवराज खत्रीको उम्मेदवारी परेको छ ।
त्यस्तै, महिला सदस्यमा राधिकाकुमारी सापकोटा र सम्झना पाण्डे, दलित सदस्यमा खडक कोली, आदिवासी जनजाति सदस्यमा भीमबहादुर चौधरी र मुकेश टेंर्रा, मधेसी सदस्यमा गम्भीरलाल उराव तथा अल्पसंख्यक अपाङ्गता सदस्यमा भोजराज रोप्याराको उम्मेदवारी दर्ता भएको छ ।
महासंघको प्रादेशिक समितिका लागि आगामी २२ गते निर्वाचन हुँदैछ । प्रदेश नम्बर ७ मा नौ सय ९५ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार