प्रदेश सभाको १२ औं बैठक भोलि
धनगढी । प्रदेश सातको प्रदेश सभाको १२ औं बैठक बुधबार २ः३० बजे बस्ने भएको छ ।
चैत २५ गतेको बैठकमा सभामुख अर्जनबहादुर थापाले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै बैठक स्थगित गरेका छन् ।
प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले सभामुखको आदेशअनुसार बुधबार बैठक बस्नेबारेको सूचना प्रकाशित गरेका छन् ।
स्रोतका अनुसार बुधबार बिहानसम्म बैठकको कार्यसूची तय हुने छ ।