२ जेष्ठ २०८१, बुधबार

ब्रेकिंग : करेन्ट लागेर एकको मृत्यु



धनगढी । कैलालीको धनगढीमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–११, बेलीको अम्बिका टोल बस्ने १४ वर्षिय अमन चौधरीको मृत्यु भएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार सोही स्थानमा बस्ने १२ वर्षिय सागर पनेरू, १५ वर्षिय अर्जुन कठायत र १४ वर्षिय नविन कठायत घाइते भएका छन् ।
उनले घाइते तीन जना बालकको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको बताए । सेहरी नजिक रहेको सामुदायिक वनको छेउमा सरिया बान्ने तारले गाउँमा लगिएको विद्युत प्रशारण लाइनमा खेल्ने क्रममा करेन्ट लागेको प्रहरी प्रवक्ता बुढामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार