१२ श्रावण २०८१, शनिबार

मुस्लिम भएकाले डेरा पाइनन् यी अभिनेत्रीले !



एकता कपूरको सुपरहिट टिभी सिरियल ‘ये हे मोहअब्बतेँ’ मा अभिनय गरेकी अभिनेत्री सरिन मिर्जा आजकाल दिक्दार छिन् । उनको दिक्दारीको कारण हो, मुम्बईमा डेरा नपाउनु ।
उनले आफ्नो पिडा फेसबुकमा अभिव्यक्त गरेकी छिन् । उनले आफू मुस्लिम भएको कारण डेरा नपाएको’ गुनासो गरेकी छिन् ।
‘मैले डेरा नपाउनुको कारण हो एमबीए हुनु’ उनले लेखेकी छिन्, ‘मुस्लिम, ब्याचलर, एक्टर ।’
उनले एउटा तस्वीर पनि पोष्ट गरेकी छिन्, जुन उनको करिअरको सुरुवाती दिनहरुको हो । ८ वर्षसम्म आफ्नो करिअर जहाँको त्यहीँ रहेको उनको भनाई छ । साथै आफू जातका कारण अगाडि बढ्न नसकेको पनि बताएकी छिन् ।
‘म रक्सी पिउँदिन, चुरोट पिउँदिन, मेरो कुनै अपराधिक रेकर्ड छैन । भने, मानिसहरु कसरी मेरो चरित्रलाई प्रोफेसनका आधारमा मूल्यांकन गर्छन् ?’
‘जब म डेरा खोज्ने दलाललाई फोन गर्छु, म सिंगल भएको थाहा पाएपछि उनीहरुले भाडा दोब्बर भनिदिन्छन् । कतिले चाहिँ म हिन्दू हो कि मुस्लिम भनेर सोध्छन् ।’
‘यति वर्ष बितिसक्यो र पनि मेरो संघर्ष जारी छ । मैले यहाँ धेरै कुरा सिकेकी छु । भने, के म अझै मुम्बईमा बस्नका लागि योग्य छैन त ?’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार