३ जेष्ठ २०८१, बिहीबार

प्रदेश ७ को संसदमा आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विद्येयक पेश




धनगढी । प्रदेश नम्बर ७ को सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विद्येयक २०७४ मंगलबार प्रदेश सभामा पेश भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रस्तुत गरेको विद्येयकमाथि संसदमा छलफल भएको छ । बजेट छिटाे पारित गर्ने उद्देश्यले विद्येयकलाई दफाबार छलफलका लागि विद्यायन समितिमा पठाइएको छ । यसका विपक्षी दलले पनि समर्थन गरेको छ । विद्यायन समितिले विद्येयकमाथि छलफलका लागि बुधबार एक दिनको समय पाएको छ ।
विद्येयक पास भएपछि बजेटका नीति, सिद्धान्तमाथि प्रि–बजेट छलफल हुनेछ । संसदले बजेट पेश गर्ने अनुमति दिएमा चैतभित्रै बजेट प्रस्तुत हुने आर्थिक मामिला मन्त्री तथा योजना मन्त्री झपटबहादुर बोहराले जानकारी दिनुभयो ।
आर्थिक मामिला तथा योजना मन्त्री बोहराले चालू आर्थिक वर्षको बाकी ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाखको बजेट आउने जानकारी दिनुभयो । यसबाट ५/५ करोड रुपैया संघीय सरकारबाट प्रदेश मन्त्रालयमा पठाइ सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार