५ जेष्ठ २०८१, शनिबार

एउटा गल्तीका कारण स्वास्थ्यमा पर्ने ५ असर



रातमा सुत्ने वेला थुप्रै गल्ती गर्न सक्छौँ । सुत्ने वेला गर्ने गल्तीले स्वास्थ्यमा खराब असर पुर्याउँछ । त्यसैमध्येको एउटा गल्ती हो, पेटलाई भार पारेर वा घोप्टो परेर सुत्नु । यस्तो बानीले पेटमा हुने रक्तसञ्चारमा खराब असर पुग्छ । यति मात्र नभएर शरीरको नेचुरल आकारमा पनि परिवर्तन ल्याउँछ । जसकारण कैयौँ शारीरिक समस्या निम्त्याउन सक्छ । यी हुन् एउटा गल्तीका कारण स्वास्थ्यमा पर्ने ५ असर :

घाँटीमा दुखाइ
पेटमा भार पारेर सुत्दा घाँटी मोड्नुपर्ने हुन्छ, जसले गर्दनको मसल्स खिचिन्छ र रक्तसञ्चारमा असर पार्छ । यस्तो बानीले गर्दनमा सही ढंगबाट रक्तसञ्चार हुन पाउँदैन । यसो गर्दा घाँटीको दुखाइको समस्या निम्तिने गर्छ ।

ढाडमा दुखाइ
पेटको भार पारेर सुत्दा मेरुदण्डमा समस्या पर्छ । यसरी सुत्ने बानीले मेरुदण्डको नेचुरल सेप बिग्रन जान्छ । यसको कारण ब्याक पेनको समस्या
हुन थाल्छ ।

टाउकोमा दुखाइ
पेटमा भार पारेर सुत्दा गर्दन मोड्नुपर्छ । यसरी गर्दन मोड्दा टाउकोमा सही ढंगले रक्तसञ्चार हुन पाउँदैन । परिणाम टाउको दुख्ने समस्या सिर्जना हुन्छ । नियमित यसरी सुत्दा टाउकोसम्बन्धी अन्य समस्या पनि देखा पर्न थाल्छन् ।

जोर्नीको दुखाइ
पेटमा भार पारेर सुत्दा हाडको पोजिसनसमेत बिग्रने गर्छ । जसको कारण जोर्नी दुख्ने समस्याको सम्भावना बढेर जान्छ ।

अनुहारमा समस्या
पेटमा भार पारेर सुत्दा अनुहारमा समेत दबाब पर्छ । यसरी दबाब पर्दा अनुहारको छालामा पनि अक्सिजनको कमी हुन थाल्छ । जसले अनुहारमा रिंकल्स र डन्डिफोरको समस्या बढेर जान सक्छ ।

नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार