३ माघ २०८१, बिहीबार

मुख्य न्यायधिवक्ता उपाध्यायद्वारा सपथ ग्रहण



धनगढी । सात नम्बर प्रदेशका मूख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
उच्च अदालत दिपायलका मुख्य न्यायधिस यज्ञप्रसाद बस्यालले मुख्य न्यायधिवक्ता उपाध्यायलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
सपथ ग्रहण कार्यक्रममा प्रदेश नम्बर ७ का प्रमुख मोहनराज मल्ल र मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थिति रहेको थियो ।
समारोहमा प्रदेशका सभामुख अर्जुनबहादुर थापा, मन्त्रीद्वय पठानसिंह बोहरा र विनिता चौधरी, प्रदेश सभाका सदस्यहरू र विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
उपाध्यायलाई गत फागुन २३ गते बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले मुख्य न्यायधिवक्तामा नियुक्त गरेको थियो ।
मुख्य न्यायधिवक्ता उपाध्यायले बुधबार नै आफ्नो कार्यालयमा गएर पदभार ग्रहण गरेका छन् ।
फौज्दारी कानुन र संवैधानिक कानुन तथा समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण मुख्य न्यायधिवक्ता उपाध्याय करिब दुई दशकदेखि कानून व्यवसायमा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार