३ माघ २०८१, बिहीबार

विकास बजेट फ्रिज जाने सम्भावना



धनगढी । प्रदेश सातको एक मात्रै धनगढी उपमहानगरपालिकामा यो वर्ष पनि ठूलो परिमाणमा विकास बजेट फ्रिज जाने सम्भावना बढेको छ ।
चालू आर्थिक वर्ष २०७४÷०७५ को दुई चौमासिक समाप्त हुँदासम्म पनि उपमहानगरपालिकाले विकास बजेट आशातित रुपमा खर्च गर्न सकेको छैन ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्म उपमहानगरपालिकाले ३० प्रतिशतमात्रै विकास बजेट खर्च गरेको जनाइएको छ ।
चालू आर्थिक वर्षमा पूर्वाधार विकासका लागि छुट्याइएको ८८ करोड ८५ लाख ८४ हजार रुपैयाँमध्ये दुई चौमासिक सकिँदा २७ करोड १२ लाख ( ३० दशमलव ५२ प्रतिशत) मात्रै विकास बजेट खर्च भएको उपमहानगरपालिकाका बरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझाले बताए ।
१५ वर्षपछि निर्वाचित जनप्रतिनिधि आए पनि यस पटक पनि उपमहानगरपालिकाले विकास बजेट लक्ष्यअनुसार खर्च गर्न सकेको छैन । जनप्रतिनिधिहरूले भने चालू आर्थिक वर्षसम्म ८० प्रतिशित विकास बजेट खर्च हुने दोहो¥याइरहेका छन् ।
उपमहानगरपालिकाका बरिष्ठ लेखा अधिकृत ओझाले ६० प्रतिशत योजना सुरु भइसकेको र भुक्तानी दिन ढिलाई भएकाले दुई चौमासिकसम्म विकास बजेट खर्च न्यून देखिएको बताए ।
दुई चौमासिक सकिदा ५० प्रतिशतभन्दा बढी विकास बजेट खर्च भइसक्नु पर्नेमा विविध कारणले लक्ष्यअनुरुप खर्च हुन नसकेको उपमहानगरपालिकाले जनाएको छ ।
नगर परिषद्ले आर्थिक वर्ष २०७४÷०७५ का लागि एक अर्ब १४ करोड ४१ लाख रुपैयाँको बजेट पारित गरेको थियो । जसमध्ये ८८ करोड ८५ लाख रुपैयाँ पँुजिगत तर्फ र २५ करोड ५५ लाख रुपैयाँ चालु खर्चतर्फ छुट्याएको थियो । चालु बजेट भने ५४ दशमलव ०५ प्रतिशत खर्च भइसकेकोे उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार