८ जेष्ठ २०८१, मंगलवार

आंशिक बजेटका लागि छलफल



धनगढी । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले माओवादी केन्द्रका संसादहरुसंग मन्त्रालयमा प्रदेश सरकारले ल्याउने आङशिक बजेटका बारेमा छलफल गरेका छन् ।
भेटमा उनले ४ महिनाका लागि ल्याईने बजेटमा जनतालाई तत्काल राहात कसरी दिनसकिन्छ र जनतालाई सरकार जनमुखी भएको महसुस गराउने खालका योजना ल्याउन सांसदहरुसंग छलफल गरेका हुन् । बजेटले तत्काल कृषि, खाद्यान्नमा सहुलियत, खानेपानी, सडक, सिचाइ, स्वास्थ्यलाई बढी प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुने बताए । भेटमा सांसदहरूले बजेटले सबै जिल्लाको समानुपातिक बिकास गर्न माग गरेका थिए ।
शनिबार विहान कांग्रेसका सांसदहरु संग छलफल गरेका मन्त्रीले सोमबार एमालेका सांसदहरूसंग र राजपाका सांसदहरू संग छलफल गर्ने कार्यक्रम छ। आङशिक बजेट १ सय २ करोड ५ लाखको चैत्र ३० गते भित्र सरकारले ल्याईदै छ ।
तस्बिर भरत बोहरा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार