२ जेष्ठ २०८१, बुधबार

प्रदेश सांसदको कोट एउटै रंगको



धनगढी । सात नम्बर प्रदेश सभाका सभामुख, उपसभामुख र सांसदको कोटको रंग एउटै हुने भएको छ ।
सांसदहरुले मध्यम खैरो रंगको कोट लगाउने भएका हुन । अहिलेसम्म सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी र सांसद तारा लामातामाङले कोट सिलाउन शरिरको नाप दिइसकेका छन् ।
सभामुख थापा, उपसभामुख जोशी र सांसद तामाङले धनगढीको सुटगढीमा कोट बनाउन शरिरको नाप दिएका छन । कोट सिलाउन प्रयोग हुने अधिकांश कपडा विदेशबाट आउने गरेको छ । सुटगढीका सञ्चालक हिक्मत दर्जीले कोटको कपडा थाइल्याड आउनै थालेकोले सांसदहरुको कोट बन्न अझै एक साता जस्तो लाग्न सक्ने बताए ।
इटालियन कपडाको कोट सिलाउनका लागि सांसदहरुले वढीमा १०, हजार खर्च गर्नु पर्ने सञ्चालक दर्जीले बताए । दाउरा सुरुवाल र ढाका टोपी लगाउने सांसदहरुले कोट मात्रै सिलाउने छन । दाउरा, सुरुवालका कारण कोटको पाइन्ट बनाउन आवश्यक नहुने सांसद तामाङले बताए ।
सभामुख अर्जुनबहादुर थापा र कार्य व्यवस्था परामर्श समितिले सांसदहरुसंग सल्लाह गरेर एउटै रंगको कोट लगाउने निर्णय गरेको हो । सात नम्वर प्रदेश सभामा ५३ जना सांसद रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार