१७ बैशाख २०८१, सोमबार

नगर प्रमुख ममतामाथि सांघतिक आक्रमण : थप एक जना पक्राउ



धनगढी । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि सांघतिक आक्रमण गरेको आशंकामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनगढी उपमहानगरपालिका–१, नैनादेवी चौकबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीको एक कार्यकर्तालाई बिहिबार पक्राउ गरेको जनाएको छ ।
प्रहरीले चार जनालाई मंगलबारनै नियन्त्रणमा लगेर बुधबारनै ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा दर्ता गरिसकेको छ भने विप्लवकै थप आठ जनाको खोजी कार्य गरिरहेको कैलाली प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए ।
प्रहरी प्रमुख घिमिरेका अनुसार सो घटनामा विप्लवका कमाण्डरदेखि इञ्चार्ज, सेक्रेटरीहरूको पनि संलग्ना रहेको छ । प्रहरीले विप्लवले २७ गते जारी गरेको विज्ञप्ति, पटक–पटक नगर प्रमुख चौधरीलाई फोनमा धम्की दिएको लगायतका विषयलाई आधार बनाएर पक्राउ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार