‘मेरो पैसा खोई ?’ को च्यारिटी शो हुँदै



धनगढी । नेपाली चलचित्र ‘मेरो पैसा खोइ ?’ को च्यारिटी सो हुने भएको छ । फिल्म निर्माण कम्पनीले धनगढीमा बुधबार पत्रकार सम्मेलन गर्दै धनगढीमा आगामी शनिबार चलचित्रको च्यारिटी सो हुने जनाकारी दिएको छ ।
सो अवसरमा चलचित्रका सहनिर्माता विमला भट्टले चलचित्र हास्यब्यङ्ग्य तथा सामाजिक विकृतीविरुद्धको कथामा आधारित रहेको बताइन् ।
चलचित्रको च्यारिटी सोबाट उठेको रकममध्ये १५ प्रतिशत असहाय तथा गरिब बालबालिकालाई छुट्याइएको उनले बताइन् । चलचित्रका निर्माता रोज राणा हुन् ।

प्रतिक्रिया दिनुहोस्