३ माघ २०८१, बिहीबार

मेयर चौधरीकाे दायाँ मिगौला नजिकै गोली भेटियो



धनगढी । सोमबार राति अज्ञात समूहको आक्रमणमा परेका घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको दायाँ तर्फको मिगौला नजिकै गोली भेटिएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचारमा रहेका चौधरीको चाँडै अप्रेसन गरेर गोली निकाल्ने तयारी भइरहेको हाल काठमाडौमै रहेका एमाले कैलालीका अध्यक्ष तथा प्रदेश नम्बर सातका सामाजिक मन्त्री दीर्घबहादुर सोडारीले बताए । चिकित्सकलाई उद्धृत गर्दै नगरप्रमुख चौधरी खतरामुक्त रहेको पनि उनले बताए ।
चौधरीको टाउकोमा पनि खुकुरी प्रहार भएको छ । उनलाई सोमबार राति नै उपचारका लागि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जमा गोली लागेको ठाउँमा गोली रहे नरहेको पत्ता लाग्न नसकेपछि मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा उनलाई काठमाडौं लगिएको थियो ।
सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घरमै बसिरहेका बेला दुई मोटरसाइकलमा आएका ४ जनाले नगर प्रमुख चौधरीमाथि पहिलो खुकुरी र पछि गोली प्रहार भएको थियो ।
चौधरीमाथि आक्रमण गरेपछि दुई जना मोटरसाईकलमा र अरू दुई जना मोटरसाइकल छोडेर नगर प्रमुखको घरबाट पश्चिमतर्फ रहेको जंगलतिर भागेका थिए । सोमबार राति नै से २ प ३६७१ नम्बरको मोटरसाइकल प्रहरीले नगर प्रमुखको घर नजिकैबाट बरामद गरेको थियो ।
यसैबीच घट्नाको नेकपा (एमाले) कैलाली, नेपाल कम्युनिष्ट पार्टी माअाेवादी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपाल लगायतका पार्टीले नगर प्रमख चौधरीमाथि आक्रमण गर्ने दोषि पत्ता लगाएर कारवाही गर्नुपर्ने माग गरेका छन् । दोषिमाथि कारवाही गर्न र मान्छे बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गर्दै थारूवादी संगठनहरू थारू कल्याणकारी सभा, थारू नागरिक समाज, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, थारू विद्यार्थी समाज र थारू महिला समाजले पनि विज्ञप्ति जारी गरेका छन् ।

 

सम्बन्धित समाचारहरू
नगर प्रमुखमाथि आक्रमण सुनियोजित हो: विप्लव (भिडियाेसहित)
नगर प्रमुख चौधरीमाथी खुकुरी र गोली प्रहार गरेको आरोपमा तीन पक्राउ, युवा संघद्धारा सुखड बन्द
नगरप्रमुख चौधरी खतरामुक्त, उपचारका लागि नेपालगंज लगियो

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार