२० बैशाख २०८१, बिहीबार

बोक्सीको आरोप घटना : एमालेद्वारा कार्यदल गठन



धनगढी । नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले घोडाघोडी नगरपालिका वडानम्वर ५ देउकलियामा बोक्सीका नाममा भएको कुटपिट घट्नामा एमालेबाट निर्वाचित जनप्रतिनिधिको नाम समेत जोडिएपछि छानविन कार्यदल गठन गरेको छ ।
घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरी र वडा नम्बर ५ का वडाध्यक्ष प्रेम रोकायालाई घटनासंग जोडेर समाचार प्रकाशित भएपछि एमालेले जिल्ला पार्टी कार्यालय सचिव विमलकुमार जोशीको संयोजकत्वमा छानबिन कार्यदल गठन गरिएको एमालेका कार्यबहाक अध्यक्ष रतन थापाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कार्यदलमा सचिवालय सदस्यहरू केवालाल चौधरी र छाया थापा सदस्य रहेका छन् ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको घटनामा संलग्नता भए नभएको बारे कार्यदलले अध्ययन गरेर यथार्थ बुझी पाँच दिनभित्र जिल्ला कमिटीमा प्रतिवेदन पेश गर्ने निर्देशन दिइएको एमालेका कार्यबहाक अध्यक्ष रतन थापाले बताए ।
उपाध्यक्ष थापाले एमाले निकट जनप्रतिनिधि वा अरू कार्यकर्ताको बोक्सीको आरोपमा कुटपिटमा संलग्ना भेटिएको तथ्य कार्यदलले ल्याए पार्टीको जिम्मेवारी र सदस्यताबाट कारवाही गरिने बताए ।
एमालेले रुढीवादी परम्पराका नाममा अन्दाजी २० वर्षिया राधा चौधरीलाई अमानीय ढंगले कथित बोक्सीको आरोपमा भोलेबाबा भन्ने रामबहादुर चौधरीले कुटपिट गरेकोमा घोर भत्र्सना गरेको छ । भोलेबाबा भन्ने चौधरीलाई कडा भन्दा कडा कारवाही गर्न, घाइतेको उपचार गर्न र क्षतिपूर्ति दिन पनि माग विज्ञप्तिमा गरिएको छ ।
प्रदेश नम्बर सातका सामाजिक विकासमन्त्री समेत रहेका एमाले कैलालीका अध्यक्ष दीर्घबहादुर सोडारीले आफूले पनि जनप्रतिनिधिसँग घटनाबारे जानकारी लिएको बताए । उनले घट्नाबारे प्रदेश सरकार र एमालेका केन्द्रीय नेताहरूले समेत गम्भीर रूपमा चाँसो राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार