१२ श्रावण २०८१, शनिबार

सांसद चौधरीको स्वास्थ्य अवस्था बिग्रिदै



धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ का सांसद रेशमलाल चौधरीसहित टीकापुर घटनामा जिल्ला कारागारमा थुनुवामा रहेका २४ जनाको अवस्था बिग्रिदै गएको छ ।
सांसद चौधरीलाई प्रमाणपत्र र सपथ ग्रहणको व्यवस्था गर्न लगायत विभिन्न तिन बुँदे माग राख्दै गत फागुन २० गतेदेखि चौधरीसहित २४ जना कारागारमा अनसनमा रहेका थिए । चौधरीको अवस्था दयनीय बनेपछि आज दिउँसो सेती अञ्चल अस्पतालमा ल्याइएको छ । उनलाई अहिले अस्पतालले सलाईन पानी चढाएर उपचार गरिरहेको छ ।
यसअघि टीकापुर घटनामै थुनुवा रहेका विश्राम चौधरीलाई पनि बिहिबार राति अस्पताल ल्याएर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार