२५ आश्विन २०८१, शुक्रबार

विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो



धनगढी । कैलालीसहित देशभरी बिहीबार विविध कार्यक्रमसहित १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
धनगढीमा दिवस मुल आयोजक समितिको आयोजनामा धनगढी ट्राफिक चौराहदेखि उपमहानगरपालिका परिसरसम्म प्रभातफेरी भएको थियो ।
प्रभातफेरीमा ठूलो संख्यामा महिला, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, मन्त्री, सांसद, सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रभातफेरीपछि आयोजित कोणसभामा ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार महिलामाथि हुने विभेद तथा हिंसा न्यूनीकरणमा गम्भीर रहेको बताए ।

बोक्सीकाे आरोपमा बालिकामाथि निर्घात कुटपिट
१०८ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा कैलालीमा बिहीबार एक बालिकालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । कुटपिटबाट बालिका बेहोस भएकी छन् ।
कैलाली जिल्लाको घोडाघोडा नगरपालिकामा स्थानीय तान्त्रिक (गुरुवा) रामबहादुर चौधरी (भोला) ले एक बालिकालाई बोक्सीको आरोप लगाउँदै डेढ घण्टासम्म निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् ।
कुटपिटबाट बेहोस भएकी बालिकाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको जनाइएको छ ।
पीडित बालिकाका आफन्तहरूले पीडक तान्त्रिक रामबहादुरविरुद्ध कानुनी कारबाहीका लागि उजुरी दर्ता गर्न खोज्दा ईलाका प्रहरी कार्यालय सुखडले नमानेको आक्रोस व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विनोद घिमिरेले ईलाका प्रहरी कार्यालय सुखडलाई उद्धृत गर्दै दुवै पक्षको छलफलपछि सहमतिमा घर पठाइएको जानकारी दिए । उनले घटनाबारे जानकारी लिइरहेको र दोषीमाथि कानुनी कारबाही हुने बताए ।

उनले महिलामाथि हुने विभेद र हिंसा न्यूनीकरणका लागि सामाजिक जागरण तथा मानिसको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको चर्चा गरे । ‘जबसम्म मानिसको चेतनामा परिवर्तन आउँदैन, महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न कठिन छ’ मुख्यमन्त्री भट्टले समाजमा भएका विद्यमान कुरीति तथा गलत संस्कार र प्रचलनको अन्त्यका लागि सबै पक्ष जागरुक हुन आग्रह गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी, वन, वातावरण तथा पर्यटन मन्त्री माया भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कोणसभामा कैलालीका प्रमुख जिल्ला अधिकारी तथा महिला दिवस मुल आयोजक समितिका अध्यक्ष गोविन्दप्रसाद रिजालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सीमित सहभागिताले मात्रै महिला अधिकार पूर्ण हुन्न– मन्त्री भट्ट
धनगढी । प्रदेश नम्बर ७ का उद्योग वन तथा वातावरण मन्त्री माया भट्टले सरकार वा अन्य निकायमा सीमित महिला सहभागिता हुँदैमा महिला अधिकार पूर्ण नहुने बताइकि छन् ।
१०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ कैलालीले धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले स्थानीय स्तरमा महिलाको सहभागिता अझैं पनि न्यून रहेको बताइन् । उनले स्थानीय स्तरका कार्यक्रमहरूमा अझैं पनि महिलाको सहभागिता न्यून हुने गरेको बताइन् ।
उनले राष्ट्रपति, मन्त्री, प्रदेश मन्त्री, सांसद, प्रदेश सांसदमा महिलाको प्रतिनिधित्व उल्लेख भए पनि स्थानीय तहदेखि नै महिलाको प्रतिनिधित्व बृद्धि गर्दै जानुपर्ने बताइन् । उनले भनिन्– ‘केही सीमित महिलाले मात्र राजनीतिक तथा सामाजिक क्षेत्रमा सहभागी भएर सबै महिलाले अधिकार प्राप्त गर्न नसक्ने भएकाले स्थानीय स्तरबाटै महिलाको सहभागिता बढाउनुपर्छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले महिलाहरूको नेतृत्व तथा दक्षता र क्षमता अभिबृद्धिका लागि सबैले गम्भीरतापूर्वक मनन् गर्नुपर्ने चर्चा गरे ।
अखिल नेपाल महिला संघ, कैलालीका अध्यक्ष गीता सोडारीले आर्थिक तथा पारिवारिक रूपमा अझैं पनि महिलाहरू पछाडि परेको बताइन् । उनले पितृसत्तात्मक सोच र संचरनाका कारण महिलाहरूलाई सूचना, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विभेद हुने गरेको बताइन् ।
कार्यक्रम महासंघकी अध्यक्ष तुलसी देवकोटाको अध्यक्षतामा भएको थियो ।

बर्दगोरियामा विभिन्न कार्यक्रम
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको थियो ।
कार्यक्रमको राष्ट्रिय सभा सदस्य कमला ओलीले उद्घाटन गरिन् । कार्यक्रम बर्दगोरिया गाउँपालिका उपाध्यक्ष भगवतीदेवी डंगौराथारूको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेकपा (एमाले)का दिलबहादुर विक, वडाध्यक्षहरू जयरूप खतिवडा, भिख्खु चौधरी, कर्णे सुनार, पुरनसिंह विसी र रामकृष्ण चौधरी, बौनिया बजार व्यवस्थापन समितिका कोषाध्यक्ष पदमा साउँद, राष्ट्रिय जनमोर्चाका रूपा आलेमगर, अनेमसंघकी जिल्ला सदस्य सावित्रा सापकोटा, मोहन्याल मावि व्यवस्थापन समिति अध्यक्ष धिरजा सञ्ज्याल, विमला जोशी, बासमती चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वडाध्यक्ष श्यामकुमारी चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सदस्य कोकीला खत्रीले गरेकी थिइन् ।
त्यस्तै बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ बेलुवामा शुभ शान्ति महिला विकास समितिको आयोजनामा सांस्कृतिक कार्यक्रम भएको छ ।
कार्यक्रममा असहायका लागि सहयोगी हातहरू नामक संस्थाकी सदस्य लक्ष्मी पौड्याल, समाजसेवी जन्मजय रावल, लक्ष्मीदेवी पाण्डे, ललिता बोहरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समावेशीकरण सम्बन्धी अन्तरक्रिया
जुगेडा । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फाया नेपाल र जुगेडा कृषक बहुमुखी सहकारी संस्थाको संयुक्त आयोजनामा धनगढी उपमहानगरपालिकाको जुगेडामा सीमान्तकृत समुदायकको समावेशीकरण सम्बन्धी अन्तरक्रिया भएको छ ।
फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजना अन्तर्गत राज्यका हरेक निकायमा सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व गराउने तथा श्रोत साधन र सेवासुविधामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशीले पछाडि पारिएका समुदायको समावेशीकरण र अधिकार सुनिश्चितताका लागि सबै पक्ष गम्भीर हुन आग्रह गरे ।
कार्यक्रममा फाया नेपालका कार्यक्रम संयोजक राजेन्द्र रैकाले सहजीकरण गरेका थिए ।
सो अवसरमा जुगेडा कृषक बहुमुखी सहकारी संस्थाका व्यवस्थापक भीमबहादुर थापा, सामदायिक वन उपभोक्ता महासंघका सदस्य हर्कमति चन्द, मनेहरा सामुदायिक वन समितिका सुशीला जोशी, जुनादेवी जोशी, मायामति कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सहकारी संस्थाका अध्यक्ष धनबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।

वक्तृत्वकला प्रतियोगिता
धनगढी । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धनगढीस्थित वेस्टर्न कृष्टल एकेडेमीले नारी शिक्षा : आजको आवश्यकता विषयक अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।
प्रतियोगितामा १० वटा संस्थागत विद्यालयका छात्रा सहभागी थिए ।
प्रतियोगितामा स्टेपिङ स्टोनका जान्हवी जोशी प्रथम, वेस्टर्न कृष्टल एकेडेमीकी रक्षा पौडेल द्वितीय र कैलाली विद्या निकेतनकी भूमिका सिंह तेस्रो भए भने क्यास्पियन एकेडेमीकी एञ्जल चन्दले चौथो स्थान प्राप्त गरिन् ।
कार्यक्रमको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले २१ औं शताब्दीमा महिलालाई रोजगारमूलक तथा प्राविधिक शिक्षाको बढि अवसर दिनुपर्ने चर्चा गरिन् ।
सो अवसरमा विद्यालयले उपमेयर मिश्रलाई सम्मान गरेको थियो ।
कार्यक्रममा शिक्षक यादवप्रसाद जोशी र डिल्लीराज जोशी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कर्ण शाह, प्याब्सनका प्रदेश सदस्य दीपक सुरी, विद्यालयका संयोजक डिबि धामी, शिक्षिका नर्मदा जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बैतडीमा भव्य रूपमा महिला दिवस मनाइयो
बैतडी । बैतडीमा अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
दशरथ चन्द नगरपालिका, साडा नेपाल, पहल कार्यक्रम, सुआहारा, स्वदेश, महिला उत्थान केन्द्र, सञ्जीवनी नेपाल लगायतका संघसंस्थाको साझेदारीमा देउडा प्रतियोगिता र विद्यालयस्तरीय वक्तृत्वकला कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार