तलब व्यवस्था गर्न माग



धनगढी । ७ नम्बर प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरूले तलबको व्यवस्था गर्न माग गरेका छन् ।
७ नम्बर प्रदेश जिल्ला समन्वय समिति महासंघले यस प्रदेशका सभामुख, मुख्यमन्त्री तथा मन्त्रीहरूलाई ध्यानाकर्षणपत्र बुझाउँदै मासिक तलब, भ्रमण भत्ता, बैठक भत्ता लगायतको माग गरेका हुन् ।
महासंघका अध्यक्ष गणेश भट्टले ध्यानाकर्षण पत्र बुझाउँदै प्रमुखको ४५ हजार, उपप्रमुखको ४० हजार तलबसहित आवास सुविधा, गाडी सुविधा, स्वकीय सचिवको व्यवस्था गर्न माग गरेका हुन् । त्यस्तै, सदस्यको ३० हजार रुपैयाँ मासिक तलब र अवैतनिक जिल्ला समन्वय समिति सल्लाहकारको व्यवस्था गर्न माग गरेका हुन् ।
यस्तै, उनीहरूले प्रमुखलाई दुई हजार पा“च सय, उपप्रमुखलाई दुई हजार र सदस्यलाई दुई हजारका दरले भ्रमण भत्ता र बैठक भत्ता एक हजार छ सयका दरले व्यवस्था गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्