१२ श्रावण २०८१, शनिबार

क्याविनेट बैठक : कानुन मस्यौदा समिति गठन



धनगढी । प्रदेश नम्बर सातको मन्त्रीपरिषद बैठकले प्रदेश सञ्चालन गर्न आवश्यक पर्ने कानुन निर्माण गर्नका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहको संयोजकत्वमा कानुन मस्यौदा समिति गठन गरेको छ ।
बुधबार आकस्मिकरूपमा बसेको बैठकले मुख्यमन्त्री कार्यालयका कानुन सचिव, आन्तरिक मामिला मन्त्रालयका सचिव, आन्तरिक मामिला मन्त्रालयको कानुन महाशाखाका उपसचिव सदस्य रहने गरी सो समिति गठन गरेको सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले बताए ।
उनले कानुन निर्माण गर्न आवश्यकता पर्दा उपसमिति र विज्ञ समूह बनाउन सक्ने पनि बताए । बैठकले नेपाल सरकारले पठाएको मापदण्डअनुसार प्रदेश सरकार र संसदका पदाधिकारी तथा सांसदहरूको सेवासुविधा समेत निर्धारण गरेको छ ।
मन्त्रीपरिषदको बैठकले प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता कुलानन्द उपाध्यायलाई नियुक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार