२९ कार्तिक २०८१, बिहीबार

काँग्रेसले मुख्यमन्त्री भट्टका विरुद्ध मत जाहेर गर्ने



धनगढी । केही दिन हेरौ न भनेर विपक्षले पनि सरकारलाई विश्वासको मत दिने चलन छ । तर, प्रदेश नम्बर सातको सरकारलाई नेपाली काँंग्रेसले विश्वासको मत नदिने भएको छ ।
सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दिउँसो २ बजे संसदमा विश्वासको मत लिने कार्यसूची छ । काँग्रेसले मुख्यमन्त्री भट्टको विपक्षमा मत जाहेर गर्नेछ नेपाली काँग्रेसका सांसद रणबहादुर रावलले भने, बधाई शुभकामना दिन्छौं, तर रचनात्मक प्रतिपक्षको भूमिकामा बस्छौं ।
संसदमा काँग्रेसका १२ जना छन् । २ सांसद रहेको राजपाले पनि विपक्ष मतदान गर्ने बताइएको छ । कांग्रेस र राजपाले मत नदिँदा पनि मुख्यमन्त्री भट्टले संसदमा विश्वासको मत पाउने छन् ।
बामगठवन्धनबाट मुख्यमन्त्री बनेका भट्टका पक्षमा एमालेका २५ र माओवादीका १४ गरेर ३९ सांसद छन् । विश्वासको मत पाउन २७ सांसदले समर्थन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार