२ जेष्ठ २०८१, बुधबार

हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम शुरु



धनगढी । धनगढीसहित देशभरी शनिबार हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम शुरु भएको छ ।
धनगढीमा प्रदेश नम्बर ७ का प्रमुख मोहनराज मल्लले हात्तीपाइलेको औषधि खुवाएर औषधि खुवाउने कार्यक्रमको उद्घाटन गरे ।
शनिबार बिहान ११ बजे सेती अञ्चल अस्पतालमा प्रदेश प्रमुख मल्लले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई पहिलो औषधि खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रदेश प्रमुख मल्लले सो अवसरमा अरूलाई औषधि खुवाएका थिए । उनले आफू ७० वर्ष उमेर पुगेकोले औषधि खाएनन् । प्रदेश प्रमुख मल्लले आफूले विगतका वर्षहरूमा हात्तीपाइले रोगको औषधि सेवन गरेको र कुनै असर नगरेको पनि बताए ।
उता, टीकापुरमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले औषधि खुवाउने कार्यक्रमको उद्घाटन गरेका छन् भने बलियामा जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर शाहले उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार