२ जेष्ठ २०८१, बुधबार

नि:शुल्क आँखा उपचार शिविर



धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा आइतबार नि:शुल्क आँखा शिविर गरिएको छ ।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र घोडाघोडी उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा फ्रेड हलोज फाउन्डेशनको सहयोगमा घोडाघोडीको सुखडमा नि:शुल्क आँखा शिविर गरिएको थियो ।
शिविरमा पाँच सय ८८ जनाको आँखा परिक्षण गरिएको जनाइएको छ । शिविरमा मोतिविन्दु लगायतका आँखाको शल्यक्रिया गर्नुपर्ने एक सय ८६ जनाको नि:शुल्क शल्यक्रिया गर्नुपर्ने देखिएको आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए । उनले एक सय ८० जनाको मोतिविन्दुका विमारीहरूको नि:शुल्क शल्यक्रिया गरी लेन्स प्रत्यारोपण गरिएको बताए ।
शिविरबाट चार सय आठ जना आँखाका रोगीहरूको नि:शुल्क औषधि उपचार समेत गरिएको उनले जानकारी दिए । शिविरमा सेवा लिनेमध्ये केही आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरी रहेका बिरामीहरू भेटिएको उनले बताए ।
गेटा आँखा अस्पतालका बरिष्ट नेत्र अधिकृत एवं वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्ट लगायत ११ जना प्राविधिकहरूको टोलीले सेवा प्रदान गरेका थिए ।
यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पतालमा उपलब्ध गराइने नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरूबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार