२१ बैशाख २०८१, शुक्रबार

आयो नूनले ९० प्रतिशत दिमागको विकास गर्छ: पाण्डे



पचमुडिया (कैलाली) । साल्ट ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डे आयोनूनले बालबालिकाको ९० प्रतिशत दिमागको विकास गर्ने बताएका छन् ।
फेब्रअरी महिनालाई आयोडिनयुक्त नून महिनाको रूपमा मनाउने क्रममा बिहीबार भजनी–त्रिशक्ति नगरपालिका–९, पचमुडियामा आयोजित एक कार्यक्रममा उनले आयोडिन शरीरलाई नभई नहुने भएकोले आयोडिनयुक्त नूनको प्रयोग गरे विभिन्न प्रकारको समस्याबाट बाँच्न र औषधिको काम गर्दै आएको बताए ।
उनले एउटा व्यक्तिलाई जन्मेदेखि नमरुन्जेलसम एक चम्चा बराबर आयोडिन खानुपर्ने भएकोले दुई बालबालिका चिन्हा रहेको पाकेटवाला नून प्रयोग गर्नुपर्ने बताए । आयोडिनको कमीबाट गलगाँठ (कण्ठरोग), मानसिक र बौद्धिक क्षमतामा कमी, लाटो लटेब्रोपन, पुनरत्पादनमा क्षमतामा कमी, बाल मृत्यु भइरहेको बताए ।
भजनी–त्रिशक्ति नगरपालिका–९ का वडा अध्यक्ष कृष्ण चौधरी नजिकै भारतीय सीमा रहेकोले ग्रामीण भेगका जनता अहिले पनि ढिके नूनको प्रयोग गरिरहेको बताए । त्यसैगरी, वडा सदस्य भगवती चौधरी जनचेतनाकै कमीले ग्रामीण वस्तीका ढिके नून खाइरहेको तर त्यसले पर्ने असरबारे थाहा नभएकी बताइन् ।
गोरताल कृषि सहकारी संस्था संस्था लिमिटेडका अध्यक्ष मिहीलाल चौधरी भजनी–त्रिशक्ति नगरपालिका–९, पचमुडिया भौगोलिका हिसाबमे पछाडि परेको बताउँदै विभिन्न किसिमका जनचेतना फैलाउन आवश्यक रहेका बताए ।
राष्ट्रिय मावि पचमुडियाका प्रअ चक्र विष्ट आयोडिनयुक्त नूनको महत्त्व र विद्यालयको समस्याबारे जानकारी दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमला कार्कीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शिक्षका सागर चौधरीले गरेका थिए ।
त्यस्तै, पचमुडियाको ढिरसर्का बजारमा आयोडिन नूनसम्बन्धी जनचेतनामूलक र्‍याली प्रदर्शन गरिएको छ । कार्यक्रममा साल्ट ट्ेरडिङ कर्पोरेशन टीकापुरका प्रमुख तेजबहादुर कुँवर, साल्ट टेड्रिङका पुस्कर श्रेष्ठ, दिपायल उपशाखा प्रमुख दीपक भट्ट, बझाङ डिपो प्रमुख टेकबहादुर बोहरा, सुआहराका कार्यक्रमका प्रतिनिधि विद्यालय व्यवस्थापन समितिका सदस्य, भल्मन्सा आमा समूह, विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम साल्ट टेड्रिङ कपोरेशनके आयोजना तथा राष्ट्रिय मावि पचमुडिया, घोरताल कृषि सहकारी संस्था लिमिटेड र सुआहरा कार्यक्रमको सयोजनमा भएको थियो । कार्यक्रमा विद्यार्थीहरू नृत्य प्रस्तुत गरेका थिए भने जनचेतनामूलक गजल, कमेडी प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार