तब्बुलाई बिहेको प्रश्नले दिक्क लाग्न थाल्यो
‘माचिस र चाँदनी बार’ मा काम गरे बापत दुई पटक नेशनल अवार्ड पाएकी छिन् बलिउड नायिका तब्बुले । २४ वर्षदेखि बलिउड चलचित्र उद्योगमा सक्रिय तब्बु अहिलेसम्म सिंगल छिन् । धेरैले अझै सिंगल भनेर सोध्ने पनि गरेका छन् । तब्बु भन्छिन्-‘मलाई अचेल विवाहको प्रश्न गर्नेहरुदेखि रिस उठन थालेको छ ।’
उमेरले ४६ वर्ष पुगेकी तब्बुलाई अर्को कुराले पनि दिक्क बनाउँछ । त्यो के भन्दा, ‘धेरैले सोध्छन् अचेल कहाँ हुनहुन्छ । किन तपाइले थोरै चलचित्र खेल्नु भएको ?’ यस्तो भन्नेहरु देख्दा पनि नमज्जा लाग्ने उनी बताउँछिन् ।
उनी चलचित्रमा अनुबन्ध हुनु अघि धेरै कुरा विचार गर्छिन् । उनको मान्यता छ । ‘म कुनै पनि चलचित्रमा त्यतिबेला अनुबन्ध हुन्छु जुन चलचित्रको क्यारेक्टर मेरै लागि हो भन्ने महशुश हुन्छ । उनले भनिन् ।
कुनै पनि चलचित्रमा काम गर्नु अघि आफूले आफैंलाई प्रश्न गर्ने गरेकी छिन् । कुनै कथा यस्तो पनि हुन्छ । स्टोरी पढिसकेपछि उनलाई यस्तो लाग्छ । ‘यो मेरै लागि लेखिएको हो । अनि कसैलाई नसोधी साइन गर्छु ।’ उनले भनिन् ।