६ कार्तिक २०८१, मंगलवार

कुकुरलाई नि:शुल्क रेविज विरुद्ध खोप



धनगढी । धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा कुकुरहरूलाई शनिबार नि:शुल्क रेविज विरुद्धको खोप लगाइएको छ ।
उपमहानगरपालिकाका वडा नम्बर ४, ६ र १३ का एक सय १८ कुकुरलाई नि:शुल्क रूपमा रेविज विरुद्धको खोप लगाइएको जनाइएको छ ।
रेविज मुक्त समाजको लागि हाम्रो अभियान भन्ने उद्देश्यका साथ बहुकृषि एवं ग्रामीण मञ्च कैलालीको आयोजनामा रेविज विरुद्धको खोप कार्यक्रम सञ्चालन भएको थियो ।
क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला धनगढी, पशुसेवा कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाको सहयोगमा कुकुरलाई नि:शुल्क रूपमा रेविज विरुद्धको खोप लगाइएको थियो ।
संस्थाका अध्यक्ष शैलेन्द्र जोशीले स्थानीय सकारले यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन आग्रह गरे ।
शनिबार कैलाली गाउँस्थित जनता राष्ट्रिय माध्यामिक विद्यालयमा क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशालाका पशुस्वास्थ्य प्राविधिक कविराज कठायतले कुकुरलाई खोप लगाएर कार्यक्रमको उद्घाटन गरे ।
संस्थाका अध्यक्ष शैलेन्द्र जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका सदस्य चेतराज अवस्थीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपकराज पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार