१२ श्रावण २०८१, शनिबार

मञ्जुले ल्याइन् ‘सेर्गेम’



गायिका मञ्जु लामा ‘सेर्गेम’ नामक गीति एल्बम लिएर आएकी छन् । मञ्जुको यस सोलो एल्बमको बुधबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।
‘सेर्गेम’को बरिष्ठ गायिका कुन्ति मोक्तान, संगीतकार सिलाबहादुर मोक्तान, ¥यापर निर्णय श्रेष्ठ ‘एनएसके’लगायतले सार्वजनिक गरेका थिए ।
मञ्जुले यो एल्बम करिब दुई वर्षको ग्याममा ल्याएकी हुन् । यसअघि उनले ‘चाहेको मैले…’जस्ता गीत ल्याएकी थिइन् । एल्बम ‘सेर्गेम’मा जम्मा पाँच वटा गीत समावेश छन् । जसमा शिरैमा शिरबन्दी, दोधारे च्याङ्बा, छड्के नजर, छोरीको कर्म र लाहुरे बोलका गीत छन् । ती गीतमा विश्व दोेङ र सुर्य लामाको शब्द तथा संगीत रहेको छ । एल्बममा समावेश गीत ‘छोरीको कर्म’ को भिडियो समेत रिलिज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार