१० श्रावण २०८१, बिहीबार

सन्ध्यालाई करिअरको सुरुवातमै झट्का



संचारकर्म हुँदै चलचित्र यात्रा थालनी गरेकी नायिका सन्ध्या केसीलाई सुरुवातमै झट्का लागेको छ । चलचित्र ‘डि्रम्स’मा नायिका अनमोल केसीसँग देखिएपनि उनको भूमिका धेरै थिएन । यसैले, पनि उनलाई यो चलचित्र चल्नुले खासै अर्थ नै राखेन ।
यसपछि, उनले चलचित्रमा त काम गरिरहेकी छिन् तर चर्चा कम छ । उनी, अभिनित चलचित्र ‘कमलेको बिहे’ कहिले रिलिज हुन्छ थाहा छैन । यो चलचित्र चलिदिएको भए उनलाई पक्कै फाइदा हुने थियो । तर, चलिदियो चलचित्र ‘ह्याप्पी न्यू इयर’ । नायक कुशल थापाले पोखरामा ६ जना बडिगार्ड लिएर पुगेपछि आलोचित भएको चलचित्रको व्यापार कमजोर रह्यो ।
बडिगार्ड किन र केका लागि भन्ने नै कुशलले वुझेनन् । चलचित्र अष्ट्रेलियामा खिचिएपनि कुशल र सन्ध्याको जोडीले कुनै आकर्षण पैदा गर्न सकेन । केहि समयदेखि बक्स अफिसमा लागेको खडेरीलाई यो चलचित्रले पनि चिर्न सकेन ।
यो चलचित्र नचलेपछि सन्ध्यालाई झट्का लागेको छ । बरु, यो भन्दा पहिले ‘कमलेको बिहे’ चलिदिएको भए सन्ध्याको करिअर उभो लाग्न सक्थ्यो । तर, कुशलको जोडी बन्दा सन्ध्यालाई पहिलो गाँसमै ढुंगा परेको चर्चा चलचित्र वृत्तमा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार